सुनसरी घटनाको विरोधमा माइतीघरमा हिन्दुवादीको प्रदर्शन

15 Shares

काठमाडौं ।सुनसरीको देवानगञ्ज घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा हिन्दुवादी समूहले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। गत साउन १० गते साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो।झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनापछि हिन्दुवादी समूहहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।माइतीघरमा भएको प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। सरकारले भने घटनाको प्रभाव अन्य क्षेत्रमा फैलिन नदिन सुरक्षा सतर्कता बढाएको जनाएको छ।