काठमाडौं । संघीय संसद र प्रदेश सभाका पदाधिकारहरुले कानून निर्माण र कार्यान्वयनका विषयमा छलफल गरेका छन् । शुक्रवार सिंहदरबारमा भएको छलफलमा कानून निर्माण तथा कार्यान्वयनको अवस्था, अन्तरिम सरकारले संसदका पदाधिकारकिो सेवा कटौति गरेको लगायतका विषयमा छलफल भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले बताए । छलफलमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव लगायत सहभागि थिए । उनका अनुसार संविधानको पूर्ण कार्यान्वयन गर्न निर्माण भएका कानूनहरुको कार्यान्वयन गर्ने तथा जनभावनाअनुसार कानून निर्माणमा तिब्रता दिने विषयमा छलफल भएको छ । सभामुख मगरले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आवश्यकताअनुसार प्रदेश सभाको तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको छ । छलफलमा जेन–जी आन्दोलनका क्रममा प्रदेश सभाका कार्यालयहरूमा पुगेको क्षतिको व्यवस्थापन र पुनःनिर्माणको विषयमा समेत विमर्श भएको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया