काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला चार हजार तीन सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
चाँदी सोमबार तोलामा चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य साेमबारको तुलनामा प्रतितोला एक सय ३५ रूपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया