सुनचाँदीको मूल्यमा गिरावट कायम

15 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। आज सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेसँगै तीन दिनको अवधिमा कुल ७ हजार रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३५५ रुपैयाँ थियो भने आइतबार ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।