सर्लाही । सर्लाही जिल्लाकाे बयलवासमा रहेको नगर अस्पताललाई हेल्पिङ ह्यान्डले तीन करोड रुपैयाँ बराबरको औजार उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोले २१३ प्रकारका उपकरण र स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।
अस्पताललाई प्राप्त सामग्रीमध्ये मुख्य–मुख्य सामग्री नगर अस्पतालमा प्रयोग गरिने र बाँकी स्वास्थ्य चौकीहरुलाई प्रदान गरिने नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभएको छ ।
ग्रामीण भेगमा रहेको ईश्वरपुर नगरपालिकासहित आसपासका पालिकामा बसोवास गर्ने स्थानीयले आफ्नै ठाउँमा व्यवस्थित स्वास्थ्य उपचार र सुविधा पाउन सकुन् भन्ने उद्देश्यसहित तीन करोड रुपियाँको सामग्री प्रदान गरिएको हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थपक जीवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया