रास्वपा सांसद राजीव खत्रीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस

14 Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्री, सोम शर्मा र शिव यादवमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा यस्तो सिफारिस गरिएको हो ।

आयोगले सम्बन्धित घटनामा उनीहरूको भूमिका र संलग्नताबारे छानबिन गरी दोषी ठहरिए कानुनअनुसार कारबाही गर्नुपर्ने निष्कर्षसहित अनुसन्धान अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

आयोगले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको छ ।