काठमाडाैं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आगामी सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्ने बारेमा सकारात्मक प्रतिक्रिया जनाएको छ।
यस अघि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाह्रियार नफिसले संचारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय शृंखला खेल्ने प्रस्तावआएपछि बीसीबी र क्यानबीच यसको सम्भावनाकाे बारेमा सकारात्मक छलफल भइरहेको बताएका छन् ।
प्रमुख नफिसले बंगलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् २०२७ सम्मको वर्तमान फ्यूचर टुर्स प्रोग्राम (एफटीपी) चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया