12
Shares
काठमाडौं । शेयर कारोबारमा पूँजीगत लाभकर घट्ने भएको छ।
अर्थमन्त्रालयले पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि सोमबार सार्वजनिक गरेको २१ बुँदे कार्ययोजना सोही कुरा उल्लेख गरेकाे हाे। कार्ययोजनामा व्यक्तिगत लगानीकर्ताका लागि एक वर्ष भन्दा बढी अवधिपछि सेयर बिक्री गर्दा प्राप्त हुने लाभमा ३ दशमलव ७५ प्रतिशत पूँजीगत लाभकर तोकिएको छ।
त्यस्तै, एक वर्ष भन्दा कम अधविकोमा पाँच प्रतिशत पूँजीगत लाभकर तोक्ने उल्लेख गरिएकाे हाे । हाल एक वर्ष भन्दा बढी अवधिका लागि ७ दशमलव ५ प्रतिशत र एक वर्ष भन्दा कमका लागि १० प्रतिशत लाभकर लिने गरिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया