काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी नेपाल–चीन जोडने विद्युत प्रशारण लाईन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र पनि स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।
आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानवालीको न्युनतम समर्थन मूल्य मोटो धानको ३ हजा ६ सय ६० प्रति क्वीन्टल र मध्यम धानको ३ हजार ८ सय ६० प्रतिक्वीन्टल तोक्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त पनि सरकारले गरेको छ ।
यी हुन् निर्णय
नेपाल चीन जोडने विद्युत प्रशारण लाईन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने
आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानवालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु. ३६६० प्रति क्वीन्टल र मध्यम धानको रु. ३८६० प्रतिक्वीन्टल तोक्ने
सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने
नेपाल नागरिक उडडयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्त गर्ने
फेसबुकबाट तपाईको प्रतिक्रिया