एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले शुक्रबार आफू इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणलाई ‘कम गर्ने’ विषयमा विचार गरिरहेको बताएका छन्।
उनले संयुक्त राज्य अमेरिका आफ्ना रणनीतिक उद्देश्यहरू पूरा गर्न ‘धेरै नजिक’ पुगेको दाबी गरेका छन्। उनका अनुसार ती उद्देश्यहरूमा इरानको मिसाइल क्षमतालाई कमजोर बनाउने, रक्षा औद्योगिक आधार ध्वस्त पार्ने, नौसेना र वायुसेनालाई निष्क्रिय बनाउने तथा उसलाई आणविक क्षमताको नजिक पुग्नबाट रोक्ने समावेश छन्। साथै, यस क्षेत्रका अमेरिकी सहयोगीहरूको सुरक्षालाई सुनिश्चित गर्ने लक्ष्य पनि रहेको उनले बताएका छन्।
तर, ट्रम्पले इरानसँग कुनै पनि प्रकारको युद्धविराम चाहना नरहेको स्पष्ट पारेका छन्।
यसैबीच, उनले नाटो का सहयोगी राष्ट्रहरूलाई सुरक्षामा पर्याप्त सहयोग नगरेको भन्दै ‘कायर’ भनेर कडा आलोचना समेत गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया