काठमाडौं । नेपाली कांग्रेसका सभापति Gagan Thapa ले सभापति पदबाट राजीनामा दिन सक्ने संकेत गरेका छन्।
सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति Bishwo Prakash Sharma सँग भएको भेटवार्ताका क्रममा थापाले आफूले पदबाट राजीनामा दिन सक्ने मनस्थिति बनाएको बताएका स्रोतले जनाएको छ।
छलफलका क्रममा थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने धारणा राखेका थिए। त्यसै कारण पद त्याग्ने विषयमा सोचिरहेको जानकारी उनले शर्मालाई गराएका थिए।
तर उपसभापति शर्माले भने अहिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको करिब ५० दिनमै निर्वाचन भएको उल्लेख गर्दै उनले चुनावी परिणामको समग्र र सूक्ष्म समीक्षा गरेर परिस्थितिलाई सम्हाल्दै अघि बढ्नुपर्ने बताएका थिए।
सभापतिले राजीनामा दिएमा पार्टी झन् अप्ठ्यारो अवस्थामा पुग्न सक्ने भएकाले अहिले त्यसो नगर्न उनको सुझाव रहेको स्रोतले जनाएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सभापति थापासहित प्रतिस्पर्धामा रहेका कांग्रेसका अधिकांश पदाधिकारी पराजित भएका थिए। उक्त निर्वाचनमा Nepali Congress ले जम्मा १८ सिटमा मात्रै जित हासिल गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया