55
Shares
काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्।
मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया