15
Shares
काठमाडौं । इलाम–१ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्।
श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय प्रतिस्पर्धामा अन्ततः कांग्रेस उम्मेदवार राईले १४ हजार ५४३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।
त्यस्तै नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया