112
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राख्नुभएको छ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले १० हजार २ सय ७६ मत प्राप्त गर्दै अग्रस्थानमा रहनुभएको हो। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले पछ्याइरहनुभएको छ। शेर्पाले ९ हजार २ सय ८४ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी नेपाली कांग्रेसका दीपकुमार श्रेष्ठले ७ हजार ७ सय ६० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ६ हजार १ सय ३४ मत ल्याएकी छन्।
संखुवासभामा मतगणना जारी रहेको र अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया