158
Shares
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ।
उहाँले २२ हजार ४ सय २६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यलाई पराजित गर्नुभएको हो। आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभएको छ।
त्यस्तै श्रम संस्कृत पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया