चितवन–१ मा रास्वपाका हरि ढकाल भारी मतले विजयी

159 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल चितवन निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दावादोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका कृष्ण पन्तले ४ हजार ८१ मत प्राप्त गरेका छन्।

ढकाल यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यस निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ६४१ मतदाता रहेकामा ९६ हजार १५४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।