150
Shares
काठमाडाैं । धादिङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ ५ हजार ८ सय ६५ मतान्तरले विजयी भएका छन्।
प्राप्त मतपरिणाम अनुसार श्रेष्ठले २६ हजार १४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश प्रसाद धमला ले २० हजार २७७ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (एमाले) का धनबहादुर घले ले १० हजार ८४ मत ल्याएका छन्।
यद्यपि निर्वाचन आयोग नेपाल अन्तर्गतको निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक नतिजा भने सार्वजनिक गर्न बाँकी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया