काठमाडाैं । कैलाली क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
जोशीले २० हजार ३५९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बिरमान चौधरी ले ११ हजार ९८३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका भिम बडुवाल ले ९ हजार ७१० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का गौरीशंकर चौधरी ले ४ हजार ७५२ मत पाएका छन्।
२०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका बिरमान चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा कैलाली–३ (क) बाट तत्कालीन नेकपा (माओवादी) बाट विजयी भएका थिए।
दुई पटक प्रतिनिधिसभा र एकपटक संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका चौधरीका लागि प्रतिनिधिसभा निर्वाचनमा यो दोस्रो पराजय हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया