काठमाडाैं । कपिलवस्तु क्षेत्र नम्बर–३ को मतगणना सम्पन्न भएको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार शाहले २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरिया ले १८ हजार ८९० मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा (एमाले) का विरेन्द्र कनोडिया ले १४ हजार ७६३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खाँ ले ४ हजार २५० मत ल्याएका छन्।
शाहले रजौरियालाई ४ हजार ६४५ मतान्तरले पराजित गर्दै स्पष्ट विजय हासिल गरेका हुन्। यस जितसँगै नेपाली कांग्रेसले लुम्बिनी प्रदेश मा पहिलो पटक खाता खोल्न सफल भएको छ।
अभिषेक प्रताप शाहले यस जितसँगै चौथो पटक संसदीय यात्रा तय गर्न सफल भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया