157
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी निर्वाचित हुनुभएको छ।
भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्य लाई ३५ हजार ४ सय ७६ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो। भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार अशोक कुमार ब्याञ्जु ले १३ हजार ९४० मत ल्याउनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार बसुन्धरा हुमागाई ले ८ हजार १०७ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया