बझाङबाट एमालेका ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित

126 Shares

काठमाडाैं । बझाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का युवा नेता ऐनबहादुर महर विजयी हुनुभएको छ।

उहाँले १८ हजार ५ सय ४३ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवर ले ९ हजार ७ सय ५७ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंह ले ९ हजार २ सय ६३ मत प्राप्त गर्नुभयो।

यससँगै बझाङबाट एमालेका उम्मेदवारले प्रतिनिधि सभा सिटमा विजय हासिल गरेको छ