भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी, नेमकिपा पराजित

120 Shares

काठमाडाैं । भक्तपुर–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित विजयी हुनुभएको छ।

उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्काउँदै ३३ हजार ४ सय ३६ मत प्राप्त गर्नु भएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेमकिपाका उम्मेदवार प्रेम सुवाल ले २८ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेपाली कांग्रेसका किरण न्यौपाने ले ४ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख छ।

यससँगै भक्तपुर–१ मा रास्वपाले प्रतिनिधि सभा सिटमा विजय हासिल गरेको छ।