प्रत्यक्षतर्फ १५८ निर्वाचन क्षेत्रमा मतगणना जारी, रास्वपा २७ सिटमा विजयी

187 Shares

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ५८ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ।

जसमध्ये ३७ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २७ क्षेत्रमा विजयी भएको छ। नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टीले २, नेकपा (एमाले) ले २ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन्।

मतगणना भैरहेका क्षेत्रहरुमा पनि रास्वपाका उम्मेदवार अगाडि छन्। आयोगले दिएको पछिल्लो विवरण अनुसार रास्वपा ९०, कांग्रेस ९, एमाले १०, नेकपा १०, श्रम संस्कृति पार्टी ५ र राप्रपा १ क्षेत्रमा अग्रस्थानमा रहेका छन्।

यससँगै रास्वपाको निर्वाचनमा दबदबा देखिएको छ भने अन्य दलहरु भने पछाडि छन्।