झापा–५ मा बालेन्द्र शाहको भारी अग्रता, ओली २९ हजार मतले पछाडि

137 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं प्रधानमन्त्री घोषित उम्मेदवार बालेन्द्र शाह झापा–५ मा निरन्तर अग्रता लिइरहेका छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भन्दा २९ हजार बढी मतसहित अगाडि देखिएका छन्। शाहले ३९ हजार २८४ मत ल्याएको छ भने ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन्।

झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया ले १ हजार ९६ मत प्राप्त गरेकी छन्।

अन्य उम्मेदवारले चार अंकको मत पनि जोड्न सकेका छैनन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङ ले ९४१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला ले ८६१ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा अहिलेसम्म ६२ हजार १ सय मत गणना भएको छ, जसमध्ये ५९ हजार ५५१ मत सदर र २ हजार ५४९ मत बदर भएका छन्।