154
Shares
काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ ले दोब्बरभन्दा बढी मतसहित अग्रता लिइरहेकी छन्।
हालसम्मको मतगणनाअनुसार तामाङले १८ हजार ३७८ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का भूमिप्रसाद त्रिपाठी ले ७ हजार ५४६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ५ हजार ७२० मतसहित तेस्रो स्थानमा छन्।
नेपाली कांग्रेसका कृष्ण रिजाल ले ३ हजार ८६१ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया