132
Shares
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमोदकुमार महतो विजयी हुनुभएको छ।
उहाँले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल लाई पराजित गर्नुभएको हो। महतोले ३४ हजार ६ सय ३६ मत प्राप्त गर्दा पोखरेलले १२ हजार ६ सय २४ मत मात्र प्राप्त गर्नुभएको छ।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरी ले ६ हजार ५ सय ९१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको छ।
यससँगै महोत्तरी–१ मा रास्वपाले प्रतिनिधिसभाको सिट जितेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया