147
Shares
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी हुनुभएको छ।
उहाँले २९ हजार ५ सय ५१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुमन मल्ल ले १९ हजार ६ सय १५ मत प्राप्त गर्दै पराजित हुनुभएको छ।
त्यसैगरी नेपाली कांग्रेसका अमरसिंह पुन ले १३ हजार २ सय १५ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख गरिएको छ।
यससँगै बाँके–३ मा रास्वपाले प्रतिनिधिसभाको सिट जितेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया