कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित, २५ हजार मतान्तरले कांग्रेस पराजित

156 Shares

काठमाडाैं । गण्डकी प्रदेश अन्तर्गत कास्की–३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी हुनुभएको छ।

समाजसेवा र व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएकी गुरुङले भारी मतान्तरसहित जित हात पार्नुभएको हो। मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई करिब २५ हजार मतान्तरले पराजित गर्नुभएको हो। पराजित गुरुङले १२ हजार ७ सय ८० मत मात्रै प्राप्त गर्नुभएको छ।

कास्की–३ मा बिना गुरुङको यो जितलाई रास्वपाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।