प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रले जित्यो : बालेन शाह

164 Shares

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन्।

बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा।’

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सम्पन्न भएको छ। छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन्।Balen-1.jpg