प्रचण्डले चितवनमा मतदान गरेपछि हेलिकप्टरमार्फत रुकुमपूर्व प्रस्थान

159 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो गृह जिल्ला चितवनमा मतदान गर्नुभएको छ।

उहाँले चितवन–३ अन्तर्गत भरतपुर–१४, प्रहरी स्कूल मतदान केन्द्र मा बिहीबार बिहान मतदान गर्नुभएको हो। मतदान गरेपछि प्रचण्ड हेलिकोप्टरमार्फत रुकुमपूर्व, सिस्ने–५, कमलदह पुग्नुभएको छ।

रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।