नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

94 Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। मंगलबार प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने प्रतितोला ११ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ७५ रुपैयाँले कम हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ५ हजार १ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।