काठमाडौं । ओमप्रकाश अर्याल ले प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ ।
सोमबार निर्वाचन आयोग को कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको पालना तथा कार्यान्वयनबारे छलफल गर्दै उहाँले चुनावी सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको जानकारी दिनुभयो । ढुक्क भएर मतदान गर्न सकिने वातावरण सुनिश्चित गरिएको उहाँको भनाइ थियो ।
उहाँले प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीच समन्वय भइरहेको उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा मन्त्रालय र आयोगका अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।
निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया