काठमाडौं । रामचन्द्र पौडेल ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गर्नुभयो । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसरसमेत रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गर्दै सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले आसन्न निर्वाचनले सोही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।






फेसबुकबाट तपाईको प्रतिक्रिया