निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर : राष्ट्रपति पौडेल

136 Shares

काठमाडौँरामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन तथा विकासको यात्रालाई थप सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले नागरिकको सक्रिय सहभागिताबाट लोकतान्त्रिक प्रणाली अझ सशक्त हुने विश्वास व्यक्त गर्दै शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान सम्पन्न हुने अपेक्षा पनि व्यक्त गरेका छन्।