नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : केपी शर्मा ओली

127 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भनेर कामना गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले मध्यपूर्वका विभिन्न देशमा रहेका लाखौँ नेपाली आपत र असहज परिस्थितिमा रहेको उल्लेख गर्दै उनीहरूका परिवार नेपालमा पलपल चिन्तित बनेर बस्नुपरेको बताएका छन् ।

मध्यपूर्वी देशहरूको आकाशबाट बर्सिएका मिसाइलको धुँवाको दृश्यले आफूलाई रातभर निद्रा नपरेको उनले बताएका छन् । रोजगारी र अवसरका कारण विश्वभर नागरिकहरूको आवतजावत स्वाभाविक भएको उल्लेख गर्दै उनले वर्तमान अवस्थाले सबैलाई गम्भीर बनाएको जनाएका छन् ।

नेपालले अहिलेसम्म सौभाग्यवश यस्तो अवस्था भोग्नु नपरेको उल्लेख गर्दै उनले सबैलाई सजगता र धैर्यता अपनाउन आग्रह गरेका छन् ।kp.webp