पाँच वर्ष देश चलाउने जिम्मेवारी कांग्रेसले लिन्छ : गगन थापा

166 Shares

काठमाडौं । गगन कुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने बताएका छन्।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले बिना दुर्घटना तीव्र गतिमा देशलाई अगाडि बढाउने दाबी गरे।

अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीका लागि सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने पनि उनले बताए।

“वैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ,” सभापति थापाले भने। उनका अनुसार यसले सरकारको कामप्रति पारदर्शिता बढाउने, जनतालाई प्रत्यक्ष जानकारी दिने र कार्यगतिलाई तीव्र बनाउनेछ।

सभापति थापाले कांग्रेस नेतृत्वको सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।