काठमाडौं । केपी शर्मा ओली, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री, आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानलाई तीव्र पार्दै जनताको घरदैलोमा पुगेका छन्।
आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमक लगायतका विभिन्न क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। घरदैलो कार्यक्रममा उनलाई स्वागत गर्न स्थानीय मतदाताको ठूलो सहभागिता रहेको देखिएको छ।
घरदैलोका क्रममा ओलीले युवाहरूसँग देशको भविष्य र विकासका बारेमा छोटो छलफल पनि गरेका छन्। विशेष गरी दमक नगरपालिकाका विभिन्न वडामा पुगेका बेला स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्बासी समस्या समाधानका लागि आग्रह गरेका थिए।
जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु भएका अधुरा आयोजना पूरा गर्न र झापा–५ लाई नमूना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
ओलीको यो घरदैलो कार्यक्रमले झापा–५ मा चुनावी सरगर्मी बढाएको छ। विपक्षी दलले पनि आफ्ना अभियान चलाइरहेका बेला, ओलीको ‘मास मुभमेण्ट’ ले एमालेको पकडलाई अझ बलियो बनाएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया