काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा विवाद र भिडन्तमा नअल्झिन निर्देशन दिएका छन्।
पोखरामा शुक्रबार आयोजित चुनावी सभामा बोल्दै उनले सामाजिक सञ्जालले घृणा फैलाउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा पुगेर प्रत्यक्ष प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।
सभापति थापाले मुलुक एक्लै नबन्ने उल्लेख गर्दै सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने आफ्नो योजना रहेको बताए। आफूले प्रधानमन्त्री बन्ने अवसर पाएमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सबै दलसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे।
उनले सामाजिक सञ्जालमा तुच्छ अभिव्यक्ति दिएर ‘भाइरल’ हुने पक्षमा आफू नरहेको स्पष्ट पार्दै सकारात्मक राजनीति र सहकार्यको बाटो नै देशको हितमा हुने बताए
फेसबुकबाट तपाईको प्रतिक्रिया