राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने: भदौ २३–२४ का घटनाका जिम्मेवार एउटै समूह

178 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गते घटेका घटनाका जिम्मेवार एउटै समूह रहेको बताएका छन्।

चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले भने, ‘सिंहदरबार जलाएको, बालबालिकालाई गोली हानेको—दुई कार्य एउटै समूहले गरेको हो। इतिहासले मागेको न्याय पूरा गर्न हामी तयार छौं।’

सभापति लामिछानेले मतदातालाई आफ्नो राजनीतिक दल प्रति विश्वास राख्न अपिल गर्दै थपे, ‘जो जहाँ हुनुहुन्छ—राजनीतिक दल बदल्नुपर्छ भन्ने छैन, मात्र मत बदल्नुस्। सबैको पार्टी हो रास्वपा। मलाई चर्को नबोल भन्छन्, म परेँ रवि लामिछाने।’