नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल: जनताको विश्वास नेकपातर्फ बढ्दै

156 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दुई पुराना दल नेपाली कांग्रेसनेकपा एमाले रक्षात्मक अवस्थामा पुगेका कारण नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दावी गर्नुभएको छ।

काठमाडौंमा शुक्रबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले अन्य पुराना राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुगेका बेला नेकपा मात्रै आक्रामक रूपमा अघि बढेकाले जनसमर्थन बढिरहेको जिकिर गर्नुभयो।

उहाँले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्रै मुलुकको स्वाधीनताको रक्षा गर्दै जनहितका पक्षमा काम गर्न सक्ने दावी पनि गर्नुभयो। अबको पाँच दिन जनताको घरघरमा पुगेर पार्टीका एजेण्डा स्पष्ट पार्न सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने उहाँको भनाइ थियो।

संयोजक दाहालले आगामी निर्वाचनमा नेकपाले कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पार्नुभयो।