काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ५ हजार १ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया