काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.३० अंकले बढेर २६४८.९० बिन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से २१ अंकले बढेको थियो।
कारोबार रकम पनि सामान्य रूपमा वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। आज १५७ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो भने १३ कम्पनी स्थिर रहे।
सबैभन्दा धेरै जीवन बीमा समूह १.७९ प्रतिशतले बढ्यो।
बैंकिङ ०.२२%
विकास बैंक ०.२१%
होटल तथा पर्यटन ०.४७%
हाइड्रोपावर ०.३९%
लगानी ०.३०%
उत्पादन तथा प्रशोधन ०.८३%
माइक्रोफाइनान्स ०.१५%
निर्जीवन बीमा ०.१९%
अन्य ०.३५%
यस्तै, व्यापार समूह ०.८९% र फाइनान्स समूह ०.२८% ले घटे।
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
साल्पा विकास बैंक – १०% वृद्धि
रिलायन्स स्पिनिङ मिल्स – १०% वृद्धि
त्यस्तै,
विन नेपाल लघुवित्त – ९.६६%
सुपरमाइ हाइड्रोपावर – ९.१८%
अपर लोहोरेखोला जलविद्युत – ४.१५%
हिमालयन पावर पार्टनर को सेयर मूल्य सबैभन्दा धेरै ५.९८% ले घट्यो।
आज धेरै कारोबार भएका कम्पनीहरूमा:
आँखुखोला जलविद्युत् कम्पनी
ङादी ग्रुप
एसवाई प्यानल
रिडी पावर
बन्दीपुर केबुलकार
समग्रमा बजार सकारात्मक रहँदा लगानीकर्तामा उत्साह देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया