काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको सुन मंगलबार थप १ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ५ हजार १ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया