काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले रास्वपाले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
शनिबार झापा पुगेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुँदै पछिल्ला केही दिनयताका घटनाक्रम हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गरेका छन्।
अध्यक्ष ओलीले रास्वपाले होहल्ला गर्ने, बलमिच्याइँ गर्ने काम गरिरहेको र चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी समेत गरेका छन्। उनले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको जबर्जस्ती स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
साथै, ओलीले गम्भीर संवैधानिक जटिलताका बेला सर्वोच्च अदालत ले समयमै फैसला दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभा पूर्नस्थापनाको रिटमा अदालतले फागुन २२ गतेलाई पेशी तोकेको छ।
फागुन २१ मा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदैछ। ओलीले ढिलो दिइने न्यायलाई म्याद गुज्रिएको औषधिसँग तुलना गर्दै अब मुलुकलाई अघि बढाउन चुनावबाहेक अर्को विकल्प नरहेको स्पष्ट पारेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया