सुदूरपश्चिम विपद् परिषद्ले २ करोड उद्धार कोषमा पठाउने

11 Shares

धनगढी । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले भोटेकोशी बाढीपीडितका लागि रु दुई करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ ।

यहाँ आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सुदूरपश्चिम प्रदेशमा बाढी तथा अन्य विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

साथै विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वयका साथ परिचालन गर्ने विषयमा बैठकमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।