141
Shares
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेश को निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् ।
शनिबार बुटवल मा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेना लगायतका प्रतिनिधिमण्डलसँग उनले ब्रिफिङ लिएकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल का अनुसार, सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा र व्यवस्थापनका विषयमा विस्तृत जानकारी लिएकी थिइन् ।
सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले प्रस्तुति दिएका थिए । पछिल्ला दिनमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशमा पुगेर निर्वाचन तयारीबारे प्रत्यक्ष जानकारी लिइरहेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया