काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरामा आयोजना गर्ने तय गरिएको चुनावी सभा कार्यक्रम पनि स्थगित भएको छ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल ले भैरहवा र पोखरामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले गर्ने भनिएको सम्बोधन कार्यक्रम स्थगित भएको जानकारी दिएकी हुन्।
यसअघि भैरहवा मा शनिबार कार्यक्रम गर्ने र त्यसपछि पोखरा मा आइतबार सभा आयोजना गर्ने तालिका बनाइएको थियो। तर अन्तिम समयमा आएर दुवै स्थानमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको हो।
पार्टी स्रोतका अनुसार पछिल्लो समय चुनावी रणनीति पुनरावलोकन, कार्यक्रम व्यवस्थापन तथा सुरक्षा अवस्थालाई समेत ध्यानमा राख्दै सभा स्थगित गर्ने निर्णय गरिएको बताइएको छ। यद्यपि औपचारिक रूपमा कार्यक्रम कहिले पुनः आयोजना गरिने भन्ने विषयमा पार्टीले नयाँ मिति सार्वजनिक गरेको छैन।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न क्षेत्रमा चुनावी सभा, अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाइरहेको जनाएको छ। पछिल्लो समय विकसित राजनीतिक गतिविधि, दलहरूबीच बढ्दो प्रतिस्पर्धा र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रम तालिकामा हेरफेर भइरहेको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।
पार्टी नेताहरूले भने चुनावी तयारीलाई निरन्तरता दिँदै संगठन विस्तार, मतदाता भेटघाट तथा प्रचारप्रसारलाई प्राथमिकतामा राखिने बताएका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया