प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ भ्रमणमा, हिमाली बस्तीको अवलोकन

134 Shares

काठमाडौंसुशीला कार्की आज मुस्ताङ पुगेकी छन्।

शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन्। मौसमका कारण २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन हिमाली क्षेत्रमा प्रभावित हुन सक्ने चर्चा भइरहेका बेला उनले मुस्ताङ भ्रमण गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले २१ फागुनमै देशभर एकैपटक निर्वाचन हुने बताउँदै आइरहेकी छन्। भ्रमणका क्रममा उनले मुस्ताङका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नुका साथै सरकारी अधिकारीहरूसँग निर्वाचन तयारीबारे जानकारी लिएकी छन्।

प्रधानमन्त्री कार्कीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिर को दर्शनसमेत गरेकी छन्।

sushila-karki_muktinath.jpg