काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलिसकेको बताउनुभएको छ।
केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आह्वान गर्नुभयो। चुस्त र भरपर्दो सुरक्षा व्यवस्थासहित निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा सरकार विश्वस्त रहेको उहाँको भनाइ छ।
बैठकमा तीन वटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले जिल्लागत सुरक्षा रणनीति क्रमिक रूपमा कार्यान्वयन भइरहेको जानकारी दिएका थिए।
Zoom एपमार्फत भएको बैठकमा प्रदेश र जिल्लास्तरको निर्वाचन सुरक्षा तयारीबारे विस्तृत जानकारी लिइएको बताइएको छ।
यसअघि सरकार र सुरक्षा निकायहरूले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया