काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको छ।
वाचापत्रमा पार्टीले मध्यम वर्गको विस्तारलाई विशेष महत्व दिएको उल्लेख छ। साथै रोजगार सिर्जना, प्रभाकारी स्वास्थ्य बीमा, दलमुक्त राज्य संयन्त्र, न्याय सुधारमा मेरिटक्रेसी, सरकारी सुधारमा ‘लाइन होइन, अनलाइन’, निजी क्षेत्रसँग साझेदारी, करको बोझ घटाउने, आगामी १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र ७ वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र लक्ष्य राख्ने जस्ता विषय वाचापत्रमा समेटिएका छन्।
यस्तो छ पूर्णपाठ:
फेसबुकबाट तपाईको प्रतिक्रिया